नियम ३८
सरकारी वकीलसँग राय माग्दा पुन्याउनु पर्ने रीत
कुनै संवैधानिक वा कानूनी प्रश्नना सरकारी वकीलसँग राय माग गर्दा देहाय बमोजिम गरी माग गर्नु पर्नेछ:-
(क) _ जुन विषयमा राय माग गरिएको हो सो विषयमा निर्णय गर्ने अधिकार त्यस्तो राय माग्ने कार्यालय वा अधिकारीलाई भएको हुनु पर्ने,
(ख) जुन विषयमा राय माग गरिएको हो सोसँग सम्बन्धित सम्पूर्ण विबरण संक्षेपमा खुलाई सम्बन्धित कागजात संलग्न गरिएको हुनु पर्ने,
(ग) राय मागिएको विषयमा स्पपष्टतः कानूनी प्रश्न उल्लेख गरिएको हुनु पर्ने,
(घ) जुन विषयमा राय मागिएको हो सो बिषयमा अन्य कुनै कार्यालय वा अधिकारीको समेत राय लिनु पर्ने वा अन्य कुनै प्रक्रिया पूरा गर्नु पर्ने भएमा सो राय मागी सकेपछि तथा त्यस्तो प्रक्रिया पूरा गरिसकेपछि मात्र सरकारी वकीलसँग राय मागिएको हुनु पर्ने,
(ङ) जुन विषयमा राय माग गरिएको हो सो सम्बन्धमा विभागीय राय वा सम्बन्धित कार्यालयको दृष्टिकोण उल्लेख भएको हुनु पर्ने ।